
सोलुखुुम्बुः सोलुखुम्बुमा बाँसको भाटा प्रहारबाट एक व्यक्तिको हत्या भएको छ । जिल्लाको महाकुलुङ गाउँपालिका–२ चोङ्खिदो निवासी ४० वर्षीय प्रेम कुमार कुलुङको बाँसको भाटा प्रहारबाट हत्या भएको हो ।


हत्या आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २६ वर्षीय रघु कुलुङलाई शुक्रबार बिहान पक्राउ गरेको छ । रघुले आफ्नै घरमा प्रेम कुमारलाई गयराति बाँसको भाटा र लाठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।
घाइते कुलुङको उपचारको क्रममा महाकुलुङ आधारभूत अस्पताल बुङ उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । घाईते कुलुङको मृत्यु प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले बाँसको भाटा प्रहार गर्ने रघु कुलुङलाई पक्राउ गरेको छ।
