
काठमाण्डौ । अन्जना इछमफुलको ‘सुजमलाल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अन्जना इछमफूलको शब्द र कन्काइस्ट राईको संगीतमा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायीका मेलिना राईले स्वर भरेकी छन् ।


गीत नयाँ वर्ष २०८२ को अवसर पारी सार्वजानिक गरिएको हो । आदिवासी किरात राईको सांस्कृतिक पृष्ठभूमिमा तयार गरिएको गीतको म्युजिक भिडियोमा दुई युवायुवती बीचको प्रेमसम्बन्धलाई प्रस्तुत गरिएको छ ।
बच्चु हिमांशुको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा सरगम राईको कथा र निर्माण रहेको छ । उक्त म्युजिक भिडियोमा सरगम राई, युवाहाङ राई र नुनिमा किरात सहित किरात सिली अध्ययन केन्द्रका कलाकारहरु र नेसनल ब्लूमिङ फ्लावर एकेडेमीका छात्राहरुले फिचरिङ्ग गरेका छन । सुजमलाल म्युजिक भिडियोको छायांकन र सम्पादन चक्र पुलामीले गरेका हुन् । -(भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेस)
