
काठमाडौँ। लुक्लाबाट रामेछाप उडेको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौँमा आकस्मिक अवतरण गरेको छ । बुधबार बिहान सीता एयरको ९१६१ कलसाइनको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा आकस्मिक अवतरण गरेको हो । जहाजमा १४ जना यात्रु रहेका थिए ।


