GaukoKhabar

राहत लिएर नेपाली सेनाको एक टोली म्यानमार प्रस्थान

म्यानमारका भूकम्पपीडितलाई राहत लिएर नेपाली सेनाको एक टोली म्यानमार प्रस्थान गरेको छ। हालै गएको विनाशकारी भूकम्पका कारण भएको क्षतिपछि सरकारको निर्णयबमोजिम सेनाको टोली मेडिकल राहतसहित आज म्यानमार प्रस्थान गरेको हो। 

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चार जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित २२ जनाको टोली सेनाको सीएन-२३५ सीएएसए विमानमार्फत म्यानमार गएको नेपाली सेनाले जनाएको छ।   

विभिन्न औषधि तथा सामग्रीहरूसहित शल्यचिकित्सक, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू म्यानमार गएका हुन्। उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको उपचार गर्नेछ। 

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.