
जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन गाउँपालिकाको निर्देशन


सोलुखुम्बुको महाकुलुङ गाउँपालिका –२ स्थित पेल्माङ आधारभूत विद्यालयका १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वीसको नागरिक फेबिनको सहयोग एवं पहाडी विकासको अध्यक्ष भलाकाजी कुलुङको पहलमा उक्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
ग्रामीण भेगका विद्यार्थीलाई शिक्षामा सहजता प्रदान गर्ने उद्देश्यले फेबिनले भलाकाजी कुलुङको पहलमा उक्त सहयोग गरिएको उद्धव कुलुङले जानकारी दिनुभयो । वितरण गरिएका सामग्रीहरूमा एक जोड स्कुल ड्रेस, कापी, कलम, क्याल्कुलेटर, डिक्स्नरी, झोला, ज्यामिति बक्स, चित्रकला सामग्री तथा अन्य आवश्यक शैक्षिक सामग्रीहरू समावेश गरिएको छ।
विद्यालयका शिक्षक तथा पहाडी विकासको सचिव परम ध्वज कुलुङले यस्तो सहयोगले विद्यार्थीहरूको पठनपाठनमा टेवा पुग्ने भन्दै भलाकाजी कुलुङ र फेबिनलाई धन्यवाद व्यक्त गर्नुभएको छ । विद्यार्थीहरूले समेत नयाँ शैक्षिक सामग्री पाएपछि उत्साहित हुँदै आगामी दिनमा अझ राम्रोसँग पढ्ने प्रतिबद्धता जनाएका थिए ।
पहलकर्ता कुलुङले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस अघि पनि भलाकाजी कुलुङ कै विशेष पहलमा छेस्काम माध्यमिक विद्यालय महाकुलुङ ३ मा अध्ययनरत कक्षा एक देखी १२ सम्मका ७ सय ६२ जना विद्यार्थीहरुलाई झोला तथा अन्य शैक्षिक सामाग्री र विद्यालयलाई खेलकुदका सामग्रीहरु ङिमा दावा फाउन्डेसनद्वारा वितरण गरी विद्यालयलाई सहयोग गर्नुभएको छ । त्यस्तै महाकुलुङ ३ छेस्कामका स्थानीय २ सय ९७ जनालाई ज्याकेट तथा न्यानो कपडा पनि वितरण गर्नुभएको छ । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा पहाडी विकासको कार्यालयमा सम्पन्न भएको थियो ।
