GaukoKhabar

जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन गाउँपालिकाको निर्देशन

सोलुखुम्बु। सोलुखुम्बुको सोताङ गाउँपालिकाका कर्मचारी र शिक्षकहरुले आफ्ना बालबच्चालाई अनिबार्य रुपमा सरकारी विद्यालयमै भर्ना गर्नु पर्ने भएको छ । गाउँ पालिकाले आ.व.२०८१/८२ मा पारित गरेको नीती तथा कार्यक्रम अनुसार सबै प्रकारका कर्मचारी तथा शिक्षकहरुलाई आफ्ना छोराछोरीलाई सामुदायीक विद्यालयमै भर्ना गर्ने गरि परिपत्र जारी गरेको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राईले आईतबार सार्वजनिक सूचना जारी गर्दै सामुदायीक विद्यालयको गुणस्तर अभिबृद्धिका साथै सरकारी स्कुललाई जिम्मेवार बनाउन पनि कर्मचारीका छोराछोरीलाई निजि विद्यालयमा भर्ना गर्न प्रतिबन्ध गरिएको बताउनुभयो । सरकारी कर्मचारीले नै महंगो शुल्क तिरेर बालबच्चा निजि बिद्यालयमा भर्ना गर्दा सामुदायीक विद्यालय प्रति आम अभिभावकको विश्वासनियता गुमेको भन्दै स्थानीय सरकार यस्तो निर्णयमा पुगेको पालिका अध्यक्ष खिलराज बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार सबै सामुदायीक विद्यालयमा कक्षा १ मुनि ब्यवस्थित किण्डर गार्डेन कक्षा संचालनमा ल्याएको छ । त्यस्तै कक्षा ३ सम्म सबै विद्यालयमा अंग्रेजी माध्यममा पठन पाठन गर्न थालिएको र अर्को बर्ष भित्र कक्षा ५ सम्म नै अंग्रेजी माध्यममा पठनपाठन गराईने अध्यक्ष बस्नेतले बताउनुभयो । सामुदायीक विद्यालयमा छोराछोरी भर्ना नगर्ने शिक्षक÷कर्मचारीलाई कार्बाही गर्ने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.