GaukoKhabar

थुलुङ दुधकोशी गाउँपालिकालाई पुर्णखोप शुनिश्चित गाउँपालिका घोषणा

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकालाई पुर्णखोप शुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलबार सम्पन्न कार्यपालिका बैठकले गाउँपालिकालाई पुर्णखोप शुनिश्चित पालिका घोषणा गर्ने निर्णय गरेको हो ।
सोही बैठकमा राष्ट्रिय पुर्णखोप निर्देशिका बमाजिम सबै प्रक्रिया पुरा गरि वडा भित्र खोप कार्यक्रम सम्पन्न गरिएको प्रतिवेदन पश्चात वडालाई पुर्णखोप सुनिश्चितको प्रमाणपत्र समेत प्रदान गरिएको छ ।गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार वडा नम्बर १ देखि ९ नम्बर सम्मका सबै वडामा माघ २९ गते भित्र सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउँनुपर्ने खोप दिलाइ पुर्णखोप पाएको सुनिश्चित गरिएको छ । सोही आधारमा गाउँपालिकालाई पुर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ ।
यस्तै सोही बैठकमा विपद प्रतिकार्य प्रतिवेदन सम्बन्धी छलफल गरिएको छ । गाउँपालिकाको सबै वडाका सरोकारवाला संग प्रत्येक वडामा गरिएको छलफलको आधारमा तयार पारिएको प्रतिकार्य प्रतिवेदन सम्बन्धी पनि छलफल गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
उक्त प्रतिवेदन माथिको छलफल पश्चात् गाउँपालिका अध्यक्ष असिम राईले गाउँपालिकाको विपदको यथार्थ लेखाजोखा एवम् जोखिम नक्सांकन समावेश गर्न तथा विगतका विपद्का घटनाहरुको प्रकृति अध्ययन गरि पुर्वतयारीमा रहने ठोस उपायहरु समेत समावेश गर्न निर्देशन दिनुभयो ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.