GaukoKhabar

नेपालमा आजबाट हुन्डाई क्रेटा ईभी बिक्रीमा

काठमाडौं। हुन्डाईले नेपालमा क्रेटा ईभीको बिक्री आजबाट सुरु गर्दै छ । भारतमा उत्पादन गरेको क्रेटा ईभी नेपाली बजारमा आजबाट बिक्री सुरु गर्न लागेको हो ।कोरियन कार निर्माताले क्रेटा ईभीमा धेरै फिचरहरु आयोनीक ५ र कोना ईभीबाट लिएर इलेक्ट्रीक तयार पारेको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यसअघि पेट्रोलबाट चल्ने क्रेटा नै १० हजार युनिटभन्दा धेरै बिक्री गरेको छ । जसका कारण इलेक्ट्रीक क्रेटा पनि राम्रो संख्यामा बिक्री गर्ने लक्ष्य राखेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल मेनेजर दीपक थपलियाले इलेक्ट्रीकमा बलियो हुने बताएका छन् । ‘हुन्डाईका गाडी चढेर सन्तुष्ट बनेका ग्राहकलाई लान सकिए मात्रै पनि हामी इलेक्ट्रीकमा बलियो हुन्छौं ।

विगत ७–८ वर्षको ईभी सर्भिसको अनुभव हामीसँग छ । उनले भने त्यसैले हुन्डाई क्रेटा ईभी किन्दा सबै किसिमको प्याकेज उपभोक्ताले पाउने छन् । हामी क्रेटा ईभीले नयाँ बेन्चमार्क तय गर्नेमा ढुक्कछौं’, कम्पनीका अनुसार नयाँ कोना इलेक्ट्रीकबाट प्रेरित थ्री स्पोक स्टेरिङ ह्वील, स्टेरिङ कोलुममा रहेको गियर सेलेक्टर, सेन्टर कन्सोलमा दिइएको ड्राइभ मोड सेलेक्टर, फुल साइज स्पेयर टायर जस्ता फिचरले क्रेटा ईभीलाई सहज र प्रयोगमैत्री बनाएको छ ।

यसमा एडास २.० फिचर, ड्यूल जोन एसी, बोसको ८ स्पीकर, वायरलेस चार्जर, भ्यान्टिलेटेड सिट, ठूलो पानारोमिक सनरुफ, मेमोरी ड्राइभिङ सिट, वेलकम सिट, भेहिकल टु लोड जस्ता फिचर छन् । हुन्डाईले क्रेटा ईभी ९९ र १२६ किलोवाट क्षमताको दुई मोटर अप्सनमा उपलब्ध गराउने छ । सानो ९९ किलोवाटको मोटरसँग ४२ किलोवाट आवर क्षमताको एनसीएम ब्याट्री हुने छ। जसले सिंगल चार्जमा ३९० किलोमिटर रेन्ज दिने भनिको छ । ठूलो ब्याट्रीको साइज ५१.४ किलोवाट आवर रहेको कम्पनीले जनाएको छ । कम्पनीले यस गाडीको मूल्यबारे अहिलेसम्म कुनैपनि जानकारी दिएको छैन ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.