GaukoKhabar

हाइड्रोजनबाट चल्ने गाडी गुडाउने बाटो खोल्दै सरकार

काठमाडौँ। सरकारले हाइड्रोजनबाट चल्ने सवारी साधनका लागि कानुनी बाटो खोल्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस्ता सवारी साधन आयात र दर्ता गर्न अनुमति दिनेगरी कानुन बनाउने भएको हो ।

यसअघि मन्त्रालयले राय सल्लाह माग्दै सार्वजनिक गरेको राष्ट्रिय यातायात नीति २०८१ मा यो विषय समेटिएको छ । मन्त्रालयले सो नीतिका लागि प्राप्त राय सुझाव सङ्कलन गरेर मस्यौदालाई परिमार्जन गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका निर्माण तथा यातायात महाशाखाका सहसचिव कृष्णराज पन्तले हाइड्रोजन इन्धनयुक्त सवारी साधनको प्रयोगसम्बन्धी कुनै राय सुझाव प्राप्त नभएको जानकारी दिनुभयाे ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.