GaukoKhabar

साेलुखुम्बु नेचाका आगलागी पिडित नेपालीलाई राहत वितरण

सोलुखुम्बु । सोलुखम्बुको नेचासल्यान ३ का आगलागी पिडित राज कुमार नेपालीको परिवारलाई राहत वितरण गरिएको छ । नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई तथा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख द्वारिका घिमिरेसहितको टोलीले नगद १५ हजार रुपैयाँ राहत वितरण गरेको हो ।

आज शनिबार बिहान ३ बजेको समयमा ढुङ्गामाटोले बनेको टिनको छाना भएको एक तले घरमा अचानक आगलागी हुँदा पशु चौयायमा नेपालीले क्षती व्यहोरका थिए । उनलाई तत्काल राहत प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बले जनाएको छ ।

उक्त राहत रकम पिडित परिवारका भाई बुहारी अन्जु नेपाली लाई हस्तान्तरण गरिएको हो । आगलागीमा परेर १९ वटा कुखुरा र एउटा बाख्राको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.