GaukoKhabar

राष्ट्रपति रामचन्द्र पौडेल सोलुखुम्बु आउँदै

सोलुखुम्बु। राष्ट्रपति रामचन्द्र पौडेल सोलुखुम्बु आउनुहुने भएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल चैत्र ११ गते सोमबार सोलुखुम्बु आउन लाग्नुभएको हो ।

राष्ट्रपति पौडेलले भवन उद्घाटनका साथै सम्बोधन गर्ने कार्यक्रम तय भएको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८०र८१ को वैशाख मा सम्झौता गरी जेठ १६ बाट सुरु गरेको भवनको निर्माण कार्य २०८१ माघमा सम्पन्न भइ निर्माण कम्पनी आरोन ओम बालाजी इ आर रामेछापले गाउँपालिकालाई चाबी हस्तान्तरण गरेको थियो ।

नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत बजेटको लागत साझेदारीमा भवनको निर्माण गरिएको गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो । पार्किङ सहितको साढे ३ तले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिएको र अब प्रशासनिक सेवा प्रवाहमा सहजता हुने गाउँपालिका उपाध्यक्ष बिना राईले बताउनुभयो ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.