GaukoKhabar

आनन्द कुलुङको शब्दमा “केइ कुलु” गीत सार्वजनिक

आनन्द कुलुङको शब्दमा “केइ कुलु” गीत सार्वजनिक भएको छ । महाकुलुङ ५ निवासी कुलुङको शब्दमा रहेको कुलुङ भाषाको गीत एमटीभी युट्युव मार्फत सार्वजनिक गरिएको हो ।


महाकुलुङ सरोकार मञ्च दक्षिण कोरियाले माग गरे अनुसार आनन्द कुलुङको शब्द उत्कृष्ट गीतको रुपमा गीत छनौट समितिले छनौट गरेको थियो । उत्कृष्ट गीत रचना गरेवापत कुलुङले नगद ५० हजार रुपैंयाँ समेत पुरस्कार स्वरुप प्राप्त गरेका थिए ।
भर्खरै बजारमा ल्याइएको यस गीतमा गायक गायिका परेस राई, अजय अलङ्कार कुलुङ, दिपा सुहाङ लिम्बु, मिलना पुमा कुलुङले स्वर भरेका छन् । सेवा रेकर्डीङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा शान्तिराम राईले संगीत भरेका छन् भने, देवेश राइले एरेन्ज गरेका छन् । गीतको शब्द कुलुङ समुदायको पहिचान सँग सम्बन्धित रहेको छ । यस गीतमा कुलुङ समुदायकै पहिचान बोकेको बाजा मुर्चुङ्गा, विनायो र पुङ(नहर्सीङ्गा) लगायतको बाजा प्रयोग गरिएको छ ।

हेर्नुहाेस भिडियाे

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.