GaukoKhabar

प्रेस चौतारी नेपाल सोलुखुम्बुको अध्यक्षमा गार्डेन राई सर्वसम्मत

सोलुखुम्बु । प्रेस चौतारी नेपाल सोलुखुम्बु शाखाको अध्यक्षमा गार्डेन राई निर्वाचित भएकी छन् । सोलुको सल्लेरीमा बिहीबार सम्पन्न संगठनको छैटौँ जिल्ला अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा प्रविन राई सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा पुष्प श्रेष्ठ निर्वाचित भएका छन् भने सहसचिवहरूमा भविराज खालिङ र जुनिसा राई सर्वसम्मत भएका छन् । कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ सर्वसम्मत रूपमा निर्वाचित भएकी छन् । अध्यक्षले सदस्य, केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि सर्वसम्मत निर्वाचित गरेको छ ।

सदस्यहरूमा क्रमशः शर्मिला पुरी, पवित्रा राई, राजीव शर्मा, यमुना मगर र सुवास बम्जन तामाङ निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा डिल्ली शर्मा निर्वाचित भएका छन् भने प्रदेश प्रतिनिधिमा पशी शेर्पा चुनिएका छन् ।

अधिवेशन प्रेस चौतारी नेपाल सोलुखुम्बुका अध्यक्ष डिल्ली शर्माको अध्यक्षता तथा केन्द्रिय सदस्य नूतन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न पत्रकार संगठनका प्रतिनिधि, राजनीतिक दलका नेताहरू लगायतका सहभागिता थियो ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.