GaukoKhabar

कृषि उपज तथा घरेलु औधोगिक प्रदर्शनि मेला सम्पन्न, उत्कृष्ट कृषकहरुलाई सम्मान

सोलुखुम्बुः थुलुङ दुधकोशी गाउँपालिकाद्धारा आयोजित कृषि उपज तथा घरेलु औधोगिक प्रदर्शनि मेला सम्पन्न भएको छ । प्रदर्शनि मेलामा सहभागी विविध विधाका उत्कृष्ट कृषकलाई सम्मा तथा पुरस्कार वितरण गर्दै सम्पन्न भएको हो ।
बजारमुखि कृषिको आधार समुन्नत थुलुङ दुधकोशीको आधार भन्ने नारा सहित आयोजना गरिएको प्रदर्शनी मेलामा नगदेवाली अन्तरगत युवराज राई, जंग राई, डिल्ली राई, र भिसनबाबु राई क्रमश. प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका छन् ।
त्यस्तै फलफूल, तरकारी, मसला तथा जडीबुटी अन्तरगत सोम्पुरे तामाङ, गोपाल राई, कृष्ण बस्नेत र ज्ञान प्रसाद राई क्रमश. प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका छन् ।
त्यसैगरी हस्तकला तथा अन्य विविध क्षेत्रमा भने थुलुङ दुधकोशी ढाका उद्योग, सोममाया राई, जरामान राई र मणीमाया राई क्रमश. प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका छन् । कृषि उपज तथा घरेलु औधोगिक प्रदर्शनि मेलामा स्थान ओगट्ने सबै कृषकहरुलाई सम्मान स्वरुप प्रमाण पत्रको साथमा विभिन्न कृषि समाग्री प्रदान गरिएको छ ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.