GaukoKhabar

संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।

नेपाली कम्युनिष्ट पार्टीबाट सोलुखुम्बुका उमेदवार बन्नुभएका थुलुङ दुधकोशी गाउँपालिका निवर्तमान अध्यक्ष असिम राईले गाउँपालिकाबासी प्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । माघ २ गतेदेखि लागू हुने गरी अध्यक्ष पदबाट दिनुभएको राजीनामा पत्रमा उहाँले आफूलाई दुई–दुई पटक अमूल्य मत दिई निर्वाचित गरिदिने सम्पूर्ण गाउँपालिकाबासीप्रति आभार व्यक्त गर्नुभएको हो ।

आफ्नो कार्यकालभरी गाउँपालिकाको विकास र समृद्धिका लागि सहकार्य गर्ने उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, निर्वाचित जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कार्यरत सम्पूर्ण कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।
अध्यक्ष राईले आफ्नो पहिलो र दोस्रो कार्यकालमा गाउँपालिका र गाउँपालिकावासीको हितमा इमान्दारितापूर्वक काम गर्ने प्रयास गरेको उल्लेख गर्नुभएको छ । अध्यक्ष पदमा नरहे पनि आगामी दिनमा गाउँपालिकाको विकास र समृद्धिको यात्रामा निरन्तर सक्रिय रहँदै अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुनको व्यवस्था बमोजिम उहाँले आफ्नो व्यक्तिगत तथा राजनीतिक कारण देखाउँदै माघ २ गतेदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिनुभएको हो ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.