
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पालाई नेपाली कांग्रेसले काठमाडौं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।कांग्रेस संसदीय बोर्डले युवा नेता शेर्पालाई काठमाडौं ३ मा उम्मेदवार बनाउने निधो गरेको हो ।


कलेजको राजनीति गर्दासम्म सभापति गगन थापासँग निकट रहेका शेर्पा नेविसंघ केन्द्रीय अध्यक्ष बन्ने बेलामा भने शेरबहादुर देउवा समूहमा लागेका थिए । काठमाडौं ३ मा यसअघि कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए ।
