GaukoKhabar

थुलुङ दुधकोशी–७ मा भुमि पुँजाका सामग्री हस्तान्तरण

सोलुखुम्बु। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर–७ देउसामा भुमी पुँजाका लागि आवश्यक बाद्यबादनका सामग्री हस्तान्तरण गरिएको छ । वडा कार्यालयको १ लाख ४० हजार बजेटबाट खरिद गरिएको उक्त सामग्री आज (मंगलबार) एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । अमर ज्योति गुठीको प्रमुख संरक्षणमा रहने गरि गाउँपालिका अध्यक्ष असिम राईले उक्त सामग्री वितरण गर्नुभएको वडा सदस्य सरिता राईले जानकारी दिनुभयो ।

डोलक २ वटा, झ्यामटा २ जोर, थुन्से २ वटा, बार्चा एक वटा, कठुवा दुई वटा, सिदिमो पार्बुङ दुई जोर र चम्बर २ वटा वितरण गरिएको वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । सबै जातजातिको धर्म, संस्कारर संस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हुने भएकाले भुमी पुजाको सामाग्री वितरण गरिएको वडा अध्यक्ष कार्कीले बताउँनुभयो । वडा भित्र यसै वर्ष देवाली घर, भुमेथान निर्माण, कृश्चियनहरुको लागि किचन घर, भुमिपुजाँका लागि आवश्यक सामग्री वितरण गरिएको छ भने बोगल ओर्गेन छोलिङ गुम्बा फिनिसिङ लगायतको कार्य गरिको उहाँको भनाई छ ।

अमर ज्योति गुठी समाजका अध्यक्ष कुल प्रसाद राईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता राई, वडा अध्यक्ष सविता राई, वडा सदस्य सरिता राई र ८ नम्बर वडा सदस्य तिलक बहादुर राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष असिम राईले सबै क्षेत्र, वर्ग, लिङ्ग र समुदायलाई समेट्ने देखि महत्वपुर्ण गौरवको योजना सञ्चालन गर्ने कार्यमा थुलुङ दुधकोशी स्थानीय सरकार अग्रणी भूमिकामा रहेको बताउँनुभयो ।

थुलुङ दुधकोशी स्थानीय सरकार साच्चीकै नागरिकको सरकारको रुपमा काम गरिरहेको भन्दै कार्यक्रम सञ्चालक तथा संस्थापक वडा अध्यक्ष रामसंघर्ष किराँतीले वडा नम्बर ७ ले सबै क्षेत्र तथा समुदायलाई समेटेर अन्य वडाको तुलनामा उत्कृष्ट कार्य गरेको बताउँनुभयो । भुमी पुँजाका सामाग्री प्राप्त गरेपछि त्याहाँका समुदायले खुसी व्यक्त गर्दै स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।संस्थाका अध्यक्ष कुल प्रसाद राईले स्थानीय सरकारबाट माग गरेअनुसारको कार्यक्रम प्राप्त भइरहेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.