
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो सरकारले जिउँदै छोड्नु नै आफ्नो जित भएको बताउनु भएको छ । वर्तमान सरकारप्रति आक्रोश व्यक्त गरेका लामिछानेले दुईतिहाइको सरकारले जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका हुन्।


पाँच महिनापछि पार्टीको बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय पुगेका लामिछानेले सरकारले झुठा मुद्दा लगाएर आफूलाई सिध्याउन खोजेको बताएका हुन् ।
मेरो परिवार र वलिकलाईसमेत थाहा नदिई दासढुंगाको बाटोबाट मध्यरात मलाई किन लगियो? सरकारको नियत ठिक नभएको भन्दै उनले भने, ‘जुन सुकै परिस्थितिको सामना गर्ने गरी म राजनीतिमा आएको हुँ । त्यसैले हार मान्ने छैन ।’
सोमबारदेखि सभापति पदमा सक्रिय हुन लागेका उनलाई पार्टी कार्यालय पुग्दा नेता कार्यकर्ताले स्वागत गरेका थिए । केन्द्रीय समितिको बैठक सुरु हुनअघि लामिछानेले कार्यालय परिसरमा आफ्ना धारणा राखेका हुन् ।
