LIVE Thursday, October 15, 2026 | 7:49 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
राजनीति

राष्ट्रियसभामा विभिन्न विधेयक पेस

Correspondent •

काठमाडाै‌। राष्ट्रियसभामा विभिन्न विधेयक पेस गरिएका छन् । सभाको आजको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ पेस गरिएको हो ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ती विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको छ । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले मुलुकको आर्थिक सुधारका लागि आर्थिक अनुशासन कायम गरिने बताउनु भयाे । उनले सीमित स्रोतसाधनका कारण मानवीय र भौतिक विकासका लागि विनियोजन हुने बजेटको उचित र अधिकतम् परिचालन गर्नुपर्नेमा जोड दिनुभयाे ।

बजेट खर्च नहुने रकम मुलुकको सञ्चिति कोषमा जम्मा हुने उल्लेख गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले यसमा अन्यथा सोच्न नहुने बताए । राष्ट्रियसभाको अर्को बैठक यही चैत १३ गते दिउँसो १ः१५ बजे बस्नेछ । रासस

← Previous Article
हाइड्रोजनबाट चल्ने गाडी गुडाउने बाटो खोल्दै सरकार
Next Article →
नेपालमा आजबाट हुन्डाई क्रेटा ईभी बिक्रीमा

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *