
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध संगठित अपराधको मुद्दा नचलाएपछि चितवनका न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको सरुवा भएको छ।


साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछानेलाई सिर्फ ठगी मुद्दा दर्ता गरिएको आरोपपछि लुइँटेलको सरुवा गरिएको हो।
लुइँटेलले “मेरो सरुवा भएको छ, विषय साहारा सहकारी मुद्दा कै हो” भन्दै संक्षिप्त प्रतिक्रिया दिएका छन्। प्रहरीले लामिछानेविरुद्ध संगठित अपराध र ठगी दुवै मुद्दा दर्ता गर्न सुझाव दिएपनि, सरकारी वकिल कार्यालयले ठगीमात्र मुद्दा दर्ता गरेको हो।
