GaukoKhabar

पढ्न नपाएर ढाकर र तोक्मा साहारा लिएका राईले दिलाए विद्यालयलाई पाँचौ पटक पालिका प्रथम, जिल्लाकै उत्कृष्ट व्यवस्थापन सहितको सम्मान !

सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिकामा जन्मिएका जय कुवेर राईको रामाजिक तथा राजनितिक क्षेत्र लोभलाग्दो छ । वि.स. २०३३÷०६÷२१ विहिबारका दिन जन्मिएका राई उमेरले ४७ वर्ष पुगेका छन् । अति विकट मानिएको साविकको गुदेल गा.वि.स वडा नं. २ मा बुवा अम्बेर बहादुर राई र आमा फैलिमाया राईको कोखबाट जन्म लिएका राईको बाल्यअवस्था अत्यन्तै कष्टकर ढङगले व्यतित भयो ।

परिवारमा पाँच दाजुभाई र दुई दिदीबहीनी मध्ये साईलो छोराको रुपमा रहेका जय कुवेर तत्कालिन समयको गुदेल निमावि गुदेलमा ७ कक्षा सम्मको औपचारीक अध्ययन पुरा गरेका थिए । अध्ययन प्रतिको औधि भोक हुँदाहुँदै पनि गरिवी सँगै नजिकमा माद्यामिक तथा उच्च माद्यामिक तहको विद्यायलय नहुँदा १४ वर्षकै उमेरमा शिक्षालाई तिलान्जलि दिन विवस हुनु प¥यो । जुन उमेरमा आफ्नो भविश्य के हो, सोच्न सक्ने क्षमता थिएन । सानै उमेर देखि आफ्नो जिवन र समाजप्रतिको चिन्ता भने कहिल्यै मरेन ।

आफ्नो भविश्य सँगै समाज प्रतिको चिन्तन सधैं चुलिदोनै रह्यो । सँगै उनको त्यो कलिलो दिमागमा सुन्दर भविश्य र समाज परिवर्तनका लागि पैसा कमाउनु पर्छ भन्ने चेत घुसी सकेको थियो । तर पनि सानै उमेरका कारण पैसा कसरी कमाउने, पैसा कमाउन कहाँ जाने त्यो आँट गर्न सक्ने क्षमता थिएन । त्यहि साहस नहँुदा दुई वर्ष सम्म घरमै बसेर घर, गोठ, मेलापात, घाँस दाउरा गर्दै समय विताए ।

कुरा २०४६⁄०४७ तिरको हुँदो हो । उनी सुन्दर भविश्यको खोजिमा ढाकर र तोक्मा(भारी टेकाउने टेको) साहारा लिई भारी बोकेर नाम्चे होमीए । सुन्दर भविश्य निर्माणको कल्पनामा पैसा कमाउने उद्धेश्यका साथ ट्रेकिङको भारी बोक्न तयार भए । भलै लुक्ला पुगेपछि एकजना टे«किङ गाईड सँग भेट भयो । भोलिपल्ट तिनै गाईडले १७ दिनको ट्रेकिङ लाने भए । मन खुसी भयो । तर तितो यथार्थ लुक्लाबाट भारी बोकेर हिँडिसकेपछि नाम्चे नपुग्दै भारी याकले लाने भयो । भारी पाएको दुई दिनमानै गाइडले भारी छैन अब तिमी फर्केर जाउ भनेपछि फर्किनुको विकल्प थिएन ।

कहाँ जाने, के गर्ने उनमा चिन्ता बढ्न थाल्यो । मन वेचैन हुन थाल्यो । मन भित्र भित्रै कुँडिन थाल्यो । मन र मस्तिष्क अमिलो अनि धमिलो भयो । गहभरी आँसु झार्दै लुक्ला फर्किएको त्यो दिन आज पनि ताजै छ । लुक्ला आईपुगे पछि उनी एक होटल साउकोमा पुगे । टे«किङको भारी मिलाई दिने बाहानामा ति होटल साहुले केहि सर्त राखे । सर्त थियो विना तलब होटलमा काम गर्नु पर्ने, सो बापत उनलाई सिजनमा केहि ट्रेकिङको मिलाई दिने ।

उनी ती सर्तहरु पालना गर्न मञ्जुर भए । सोहि क्रममा टे«किङ गर्दै विना तलव ३ वर्ष होटलमा विताएको तितो यथार्थ सुनाए । सोहि क्रममा उनी कहिले भरिया, कहिले किचन स्टाप, कहिले कुक, कहिले पोटर गाईड गर्दै दश वर्ष सम्म टे«किङ व्यवसायमा संलग्न रहे । टे«किङकै शिलशिलामा उनी नेपालको पर्याटकीय क्षेत्र पुर्वमा एभरेष्ट भ्यस्क्याम, गोक्योरी, आइलम्पिक हाइक्याम, आमलप्चो पास, रेन्जो पास आदि पुगेका अनुभव छ । त्यस्तै पश्चिमा पोखरा फेवाताल, फोक्सुन्डो ताल, माछा पुच्छ्रे ताल, घोडेपानि, सिक्लीस, मनास्लु राउण्ड, जोम्सोङ मुक्तीनाथ, गोसाईकुण्ड, लर्के पास आदी पर्याटकीय क्षेत्रमा तितो मीठो अनुभव संगालेका छन् ।

समय वित्दै गयो । उमेर पनि परिपक्व हुँदै गयो । आर्थिक पनि केहि जुटाउन सफल भए । उनले विहे गर्नु पर्ने आवश्यक्ता ठाने । विस्तारै उनमा प्रेमका मुनाहरु अंकुराउन थाले । सोही क्रममा हालको महाकुलुङ गाउँपालिक १ निवासी दिपजल कुुलुङ सँग प्रेममा गरे । उनीहरुको प्रेम जोडीले सार्थक्ता पायो । नभन्दै २०५५ सालमा दुईजोडीको प्रेम सम्बन्धलाई समाजमा औपाचारित्ता दिलाए । २२ बर्षको उमेरमा मनको डेरामा मात्रै नभई घरकै डेरामा सजाउन सफल राईको जोडी अहिले पनि लोभ लाग्दो छ । बिवाह पछि गाउँमै बस्दै आएका राईको परिवार सँगै समाज प्रतिको पनि जिम्मेवारी बढ्दै गयो । साथै समाजले पनि उनि माथी केहि आशा राख्न थाल्यो ।

सानै उमेर देखि समाज परिवर्तनको बाटोमा हिँडाउनुपर्छ भन्ने उनी विस्तारै विभिन्न संघ संस्थामा रहेर काम गर्न थाले । बिवाह सँगै गाउँमा एलजिपी संस्थामा काम गर्ने अवसर मिल्यो । उनी एकै चोटी ७० घरको संस्थापक मेनेजरको जिम्मेवारी सम्हाले । जुन बेला साविकको गुदेल गाविसमा ४१ वटा संघ सस्था रहेका थिए । जुन वेला ४१ वटा संघ संस्था मध्ये आफ्नो संस्था १ नम्वर वनाई जिल्लाबाट पुरस्कृत समेत बनाउन सफल भएको अनुभव सुनाए । जसले झनै समाज प्रतिको जिम्मेवारी बढेको महसुस भयो ।

क्रमिक रुपमा धेरै संघसस्थामा काम गर्ने अवसरहरु मिल्दै गयो । आफ्नै कार्यकालमा संस्था दर्ता गरेर क्लवको भवन बनाए । जुन भवन बनाई सके पछि साविकको गुदेल गाविसकै सबैभन्दा ठूलो धन राषिको कुलुङ जातीको महान चाड चाक्चाकुर मनाउन सफल भएका थिए । यसरी विभिन्न संघ संस्थामा काम गर्दै जाँदा सामुदायीक बन उपभोक्ता समितिको अध्यक्ष बने । अध्यक्ष भए लगत्तै त्रिखन्द सामुदायिक बन दर्ता , लसुनेखा सामुदायीक बन कार्यक्षेत्र विस्तार, सामुदायीक सस्था दर्ता, भवन निर्माणका लगाएतका सामुहिक काम गर्न सफल भए । आम सर्वसाधारण जनसमुदायले पनि उनलाई साथ दिदै गए ।

सबैको मन जित्दै गएका राईले काम गर्ने शिलशिलामा सवै संघ सस्थाहरुलाई प्रगतिको बाटोमा डो¥याई रहे । हाल बासुकी आधारभुत विद्यालयको बिद्यालय व्यवस्थापन समितिको दुई कार्यकाल सदस्य र तिन कार्यकाल अध्यक्ष पदमा रही काम गरेका थिए । तेस्रो कार्यकाल गरा गर्दै गर्दा विद्यालय परिवारले उनलाई उच्च कदरपत्रको साथमा भब्य सम्मान गरेको छ । अघिल्लो कार्यकालमा उनले प्राथामिक बिद्यालयलाई निम्न माद्यामिक बिद्यालय बनाउन सफल भए । हाल उक्त बिद्यालय सबैको नजरमा पर्छ ।

जग्गा अभाव हुँदाहुँदै पनि राईले टि.एल.सि. आठकोठे भवन र आर.सि.सि भवन बनाउन सफल भएका छन् । साथै दुर्गममा भएकाले सरकारी दरबन्दी कोटा कमै पुग्छन त्यस क्षेत्रमा । तर पनि राईले देउसी भैलो मागेर होस कुनै संघ संस्था सँग सहकार्य गरेर होस, आवश्यक शिक्षक राखि दिएका छन् । साथै पालिकाले सञ्चालन गर्ने कक्षा आठको परिक्षामा उत्कृष्ट नतिजा सहित निरन्तर पाँचौं पटक सम्म पालिका प्रथम भएको थियो छ । त्यस्तै सोलुखुम्बु जिल्लाकै आधारभुत तहको सामुदायिक विद्यालय मध्ये उत्कृष्ट व्यवस्थापन भएको विद्यालयको रुपमा सामाजिक विकास मन्त्रालय कोशी प्रदेशबाट सम्मान गरेको थियो ।

यस विद्यालयले तीन जना शिक्षक देखि शरु गरेको विद्यालयमा हाल १३ जना शिक्षक शिक्षीका कार्यरत छन् । यसरी विभिन्न संघ संस्थामा काम गर्दै जाँदा किराना पसल पनि शुरु गरे । जुन समयमा अहिलेको जस्तो यातायातको पहुँच थिएन । डोको र तोक्माको साहारा लिएर ३ दिनको पैदल यात्रा पछि संखुवा सभाको तुम्लीङटार पुगिन्थ्यो । तुम्लिङ्तारबाट ७० के.जी भारी आफैले बोकेर ल्याई किराना पसलबाट व्यापार शुरु गरेका राई किराना पसलमा मात्रै सिमित रहेनन् । गाउँमै पाईने विभिन्न जडीबुटीको पनि व्यापार सुुरु गरे ।

जुन व्यापारले धेरैलाई रोजगारी पनि दिलाएका छन् । यसरी व्यापार व्यावसाय गर्दै जाँदा उनले लाखौँ कमाए पनि र लाखौँ गुमाए पनि । सानै उमेर देखि उनी मादक पदार्थ र खराव साथीको संगतबाट टाढानै रहे । जहिले पनि स्वतन्त्र रुपमा रहनुपर्छ भन्ने व्यक्ती अन्याय र अत्याचारको विरुद्ध भने चर्काे स्वरमा बोलिनै रहे । गतिशिल समय अघि बढ्दै गयो । विस्तारै उनले समाजलाई बुझदै गए । समाजलाई परिवर्तनको दिशामा डो¥याउनु पर्ने आवश्यक्ता देखे । परिवार पुरै कांग्रेसी भएपनि उनले विचार परिवर्तन गर्ने अठोट गरेको बताउछन् ।

जुन समयमा उनले नेकपा माओवादीको निति तथा सिद्धान्त अध्ययन गरे । जुन निति तथा सिद्धान्तले उनलाई आकर्षित तुल्यायो । उनले समाज परिवर्तनका लागि साथी मात्र नभई पार्टी पनि चाहिने कुरा महसुस गरेको बताए । सोही क्रममा उनी वि.स. २०५८ सालमा किसान संघ गुदेल तुमाउको अध्यक्ष, २०६० सालमा माओवादी पार्टी सदस्य, २०६० साल देखि नै गाउँपार्टी उपाध्याक्ष, २०६२ साल देखि गुदेल गाउँपार्टी अध्यक्ष, २०६५ सालमा जिल्ला सदस्य हुँदै हाल २०७४ को आम निर्वाचनमा भारी मतका साथ वडा अध्यक्षमा निर्वाचित भई सफल्ता पुर्वक जिम्मेवारी पुरा गरेका छन् ।

साथै २०७५ सालमा नेकापा एमाले सँगको एकता पछि जिल्ला समन्य समितिको सदस्य, नेकपा एमाले सँग पार्टि फुटपछि नेकपा माओवादी केन्द्रबाट जिल्ला समन्य समितिको सदस्य रहेका छन् । २०७४ सालको निर्वाचनमा नेकपा माओबादीबाट जीत हाशिल गरी आफ्नो कार्यकाल सम्हाले पछि हाल महाकुलुङ वडा नं ४ मुहार धेरै फेरीएको छ । उनको काम गराईलाई प्रतिपक्ष दलले सँमेत प्रसंसा गरेका छन् । आफ्नो कार्यकाल अवधी भर उनले वडा कार्यालय भवनको जग्गा निशुल्क प्राप्त गरेका छन् । त्यस्तै आधारभुत स्वास्थ्य सेवा केन्द्रका स्थापनाका लागि अन्य दुई ठाँउ जग्गा व्यवस्थापन, आफ्नो वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना तथा सञ्चालन, बासुकी आधारभुत बिद्यालयमा चार कोठे आरसीसी भवन, गुदेल माद्यामिक विद्यालयमा दुई ओटा पक्की भवन निर्माण गर्न सफल भएका छन् । जुन काम देखेर पनि समुदायमा उनी आफुलाई अब्बल ठह¥याएका छन् ।

साथै टोलटोलमा सामुदायिक भवन, स्थानिय स्तरको बाटो घाटो निर्माणलाई प्राथामिक्तामा राखि काम गरेका थिए । महाकुलुङ गाउँपालिका भरिमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जनशक्ती परिचालन गरी सबैभन्दा उत्कृट काम गराएका थिए । त्यस्तै उनले आफ्नो कार्यकाल अवधमिा पोम्लालुङ (कुलुङजातीको स्वर्गस्थान) संरक्षणलाई विशेष जोड दिएका थिए । जहाँ वर्षेनी बजेट व्यवस्थापन गरी घेराबार तथा पर्यटन पदमार्ग निर्माणमा विशेष जोड दिएका थिए ।

त्यस्तै आफ्नै कार्यकालमा एक घर एक धाराको अवधारणा अघि सारी बजेट व्यवस्थापन गरेर खानेपानिको निर्माण कार्यको थालनी गरेका थिए । यसरी सरसर्ती हेर्ने हो भने उनको कार्यकालमा समग्रमा सन्तोष जनक र आशामुखि थियो । उनको कार्यकाल अवधीभरी स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगार र विकासले स्थान पाएको थियो । यद्यपी उनलाई साथ दिन नेकपा माओबादीबाटै बिजयी भएका रविन कुलुङ, कमला रसाईली, नारदमणी राई र युविका कुलुुङ रहेका थिए ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.