काठमाडौं । जुवा खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा म.न.पा. वडा नं.२२ खाल्से स्थित चिसाखोला बस्ने बर्ष ५२ को भेष बहादुर गुरुङको घरबाट विहीवार जुवा खेलिरहेको अवस्थाम विभिन्न छ जनालाई पक्रउा गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भेष बहादुर गुरुङ, पृथ्वीचोक बस्ने २८ वर्षीय सुरेन्द्र शाह, रामबजार बस्ने दिपेन्द्र सेन, बिजयपुर बस्ने ४१ वर्षीय खम्ब सिंह राना र बुढिबजार बस्ने सन्दिप भन्ने डोर बहादुर गुरुङ रहेका छन् ।
प्रहरीलाई भेषबहादुरको घरमा जुवा (कौडा) खेलाउने काम भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा घरमा तलासी गर्दा अत्याधुनिक रूपमा सेन्सर जडान गरी सेन्सरलाईट एवम् रिमोटबाट संचालन हुने, डिजिटल प्रणालिको प्रयोग गरी जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
जुवाको खालबाट प्रहरीले ८२ हजार ९९० रुपैयाँ, १६ थान कौडा, जुवा खालमा बिच्छाएको रातो सेतो गलैचा १ थान, कालो रंगको मण्डी १ थान, जुवा खेलाउनका लागि जमिनमा खाडल खनेर लाईनको तार समेत जडान गरेको गोलाकार सेन्सर मेसिन (अर्थिङ बक्स) १ थान, रातो रंगको डिजिटल स्टेप्लाईजर १ थान, डिजिटल स्टेपलाईजरबाट जडान गरी जुवा खालमा हेर्न मिल्ने गरी रातो र निलो सेन्सर लाइट जडान गरेको रातो पहेलो रंगको तार १४ मिटर र रिमोट २ थान बरामद गरेको हो ।
उनीहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा आठ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइइको प्रहरीले जनाएको छ ।