खगेन्द्र अवस्थी
कक्षा ३ मा पढ्दा बनेका ती घाँटीमा झुन्ड्याउने आईडी मैले च्यातिएको’ दोकानमा सदै उधारो खाँदा घर बाट पैसा चोरेर लगेको पैसा चोरिस भनेर आमा मलाई सधैं कुटुनु हुन्थ्यो आज ती दिन खुब याद आउँदै छ मेरो बाल्यकाल रमाइलो सीत बित्यो आज त्यही बाल्यकालको कक्षा ३ मा पढ्दा को आईडी भेटिँदा आँखा बाट आँसुपो खसे।
पढ्दै जाँदा सिसु कक्षा बाट सँगै पढेको मेरो साथी खेम र भाई प्रेम सँग छुटिन पुगे त्यो दिन त्यो पल त्यो समय सम्झिँदा रुन मन लाग्छ तर मैले मेरा साथीहरूलाई कहिलै बिर्सिन।
जीवनको ब्यस्ततालाइ विश्राम दिदै आज आफ्नो लागि के थोरै समय निकालेको थिए, मेरा आँखा त मलाई पत्तै नदिइ रसाउन भ्याइसकेका रहेछन् अनि फेरि आँसु पुछ्दै टोलाइरहे म, त्यो बाल्यकाल सम्झेर। घडीको सुइरोको दौडलाई महशुस गर्नै सकिनछु ।
मैले कहिलै सोचेको थिएन ती बाल्यकालका स–साना पल आज मेरो जिबनको अबिस्मरणिय क्षणहरु बन्नेछन् भनेर।
आज धेरै बर्षपछि बालपन कापीका पन्नामा कोरिरहँदा मेरा आँखाले प्रत्यक्ष मेरो जन्मघर र मेरा ती पुराना साथीहरु देखिरहेका छन्, मेरा कानले ती गल्लीमा गुन्जियेका हाम्रो हासो सुनिरहेका छन् अनि मेरो मनले त्यो धुलो, हिलो, घाम नभनी मडारिरहेको चौरीहरु महसुस गरिरहेको छ । अचानक मैले बिगत सम्झिएँ, मेरा हात कापिरहे, ध्यान पन्छाउँदै बर्तमान सम्झिन पुगेछु, मेरा खुट्टा लर्बरिरहे अनि सोच्दै नसोचेको भबिष्य देख्न पुगेछु जहाँ मेरो भाग्य टाढा बसि मलाई नै टुलुटुलु हेरिरहेको रहेछ । यही चिन्ताले मन पिरोलि रह्यो।
म बिवश छु, जिन्दगीको उतारचढावमा कैद एक लाचारताको प्रतिमूर्ती । कास, म समयलाई फर्काउन सक्थें । यदि समय मेरो बसमा हुन्थ्यो त म जीवनको भागदौडबाट फुत्किएर एकै सासमा दौडिदै घर पुग्ने थिएँ । भो मलाइ चाहिएन मृगतृष्णा, पैसामा अडिएका सम्बन्ध अनि क्षणिक सुख । बरु म त्यही निर्मल बाल्यकालमा आफूलाइ खोज्न चाहान्छु किनकि घरबाट धेरै टाढा यो दूर देशमा हजारौंको भिडमा पनि एक्लिएको छु।
कठै मेरा बा–आमा भने हरेक साँझ मेरै बाटो हेर्दा हुन्। साच्चै मेरा बा–आमा के गर्दै होलान् ? के म कुदेका गल्ली देख्दा मेरी आमा अझै मलाई सम्झेर, साँझ पर्यो बाबु घर आइज भन्दिहुन् ? मेरा बा त्यसै गरी दुई हात कम्मर पछाडी बाधेर हिँड्दै छन् कि हिड्न सक्न छाडे होलान् ? के मेरी आमा अझै बासँग त्यसैगरी गनगन् गर्दैछिन् ? कि छोडिन् होला ? मनमा प्रश्नको पहरो खस्यो अनि अतालिँदै सम्झिएँ,धेरै बर्षपछि म घर फर्किंदा के मेरा बा–आमाका चाहुरिएका गालामा त्यही त्यस्तै जवानीको जस्तो मुस्कान होला ? यी सारा कुरा मनमा कल्पिरहेको छ।
सम्झिन्छु कति अमूल्य थियो त्यो समय जहाँ नाच्नलाई अहिलेको जस्तो रेडियो, मोबाइल केही चाहिँदैन थियो । बस्, रंगीचंगी कपडाको सानो टुत्रा टाउकोमा कस्नासाथ ती कलिला ओंठले आफै गीत बर्बराउन थाल्थे, ‘हरियो जंगल क्या राम्रो मङल हिमाल हाँसेको, घन्काइ मादल लच्काइ कम्मर हामीले नाचेको हो हो…’ हामीले नाँचेको कुनै लाजबिना बाटो, कुना, कन्दरा नाँच्दै हिँडेको के एस्तरले यी कुरा सम्झिँदा हुन ? म भने ती पल सम्झिरहन्छु।
त्यो बेला मनमुटावको अर्थ त थाहा नै थिएन । डन्डी बियो खेलमा हार्नेलाई अफ्ठ्यारो–अफ्ठ्यारो ठाउँमा चुउवा कुदाउँथे । एकदिनको कुरा हो, खेल्दै जाँदा म हारें, अनि चुउवा कुद्ने पालो मेरो आयो । सास नफेरी कुद्नु परथ्यो, झुक्केर मात्र सास फेरे फेरि सुरु देखि कुदाउँथे। आखिर अरुले जिते पनि हार कहिल्यै स्वीकार्य थिएन मलाई । भयो म खेल्दिन भन्दै सन्किंदै घर आएँ । अहिले सम्झिँदा त्यो रिस हैन, आफैसँगको एउटा डर रहेछ । को भन्दा को पो कम थिए र बालपन न हो यसरी नै मेरो बाल्यकाल बितेको थियो आज ती दिन ती पल सम्झदा आखाँबाट हर्षका आँसु पो खसे।